आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

नागरिक पाटी

३, भाद्र २०८२
  • 4.1K
    SHARES
  • बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

    बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।

    images

    सरकारले ओझाको योग्यताको विवाद सार्वजनिक भएपछि छानबिन गर्न गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य थिए। समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाउँदै ओझाको योग्यतामा प्रश्न उठाएको थियो।

    समितिले ओझाको योग्यताबारे तीन वटा प्रश्न उठाएको थियो। समितिको अध्ययनअनुसार, बीमा प्राधिकरणको अध्यक्षका लागि आवश्यक उच्च व्यवस्थापन क्षेत्रको अनुभव ओझासँग पर्याप्त नभएको उल्लेख गरिएको छ। समितिले कानुनअनुसारको मापदण्ड पूरा गर्न उनीसँग सम्बन्धित क्षेत्रमा थप अनुभव आवश्यक पर्ने निष्कर्ष निकालेको हो।

     

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०८२ मंगलवार - ०७:५६:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology