धादिङको नौबिसेमा तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम भएको छ । राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजनामा तथा राष्ट्रिय संगीतकर्मी संघ, धादिङको सहआयोजना र राष्ट्रिय संगीतकर्मी संघ, धुनिवेशीको व्यवस्थापनमा तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम भएको हो ।
धुनिवेशी–७ स्थित नृवेश्वर महादेव मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा तिज पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्दै विभिन्न लोक तथा तिज गीत, नृत्य तथा प्रस्तुतीहरू प्रस्तुत गरिएका छन् । कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्थानिय तथा राष्ट्रिय लोकप्रिय गायक तथा गायिका र कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत दर्शकहरूलाई मनोरञ्जन गराएका हुन् ।
रजनी लामाको अध्यक्षतामा भएको कार्यक्रममा धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता र अन्य व्यक्तित्वहरुको आतित्थ्यता रहेको थियो ।
यस कार्यक्रममार्फत नेपाली परम्परा, संस्कृति र तिज पर्वप्रतिको सम्मानलाई उजागर गर्दै स्थानीय कलाकार र समुदायबीच सहकार्य र मेलमिलापको सन्देश फैलाइएको कार्यक्रम सँयोजक रुपक परियारले बताउनुभयो ।