शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जनमैत्री बहुमुखी क्याम्पसमा तीज अवसरमा विविध कार्यक्रम सम्पन्न

जनमैत्री बहुमुखी क्याम्पसमा तीज अवसरमा विविध कार्यक्रम सम्पन्न

नागरिक पाटी

११, भाद्र २०८२
  • 8.1K
    SHARES
  • जनमैत्री बहुमुखी क्याम्पसमा तीज अवसरमा विविध कार्यक्रम सम्पन्न

    जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वर काठमाडौँमा तीज विशेष नृत्य प्रतियोगित, गजल प्रतियोगिता, कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि स्वागत तथा कक्षा १२ उत्तीर्ण गर्न सफल विद्यार्थीका लागि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images

    IMG_2332.JPG

    उक्त कार्यक्रममा लगभग २५ जना विद्यार्थीले प्रतिस्पर्धामा भाग लिएका थिए । उक्त कार्यक्रममा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

    तीजको विशेष अवसरमा आयोजित कार्यक्रममा सबै महिला विद्यार्थी तथा शिक्षिका र महिला कर्मचारीलाई क्लिप उपहार प्रदान गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।त्यसैगरी महिला शिक्षक र कर्मचारीका लागि क्याम्पसका तर्फबाट विशेष उपहार पनि प्रदान गरिएको थियो।

    कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि मायाको चिनो स्वरूप जनमैत्री बहुमुखी क्याम्पसको लोगो र नाम सहितको कप उपहार प्रदानगरिएको क्याम्पस प्रशासनले जनाएको छ । कार्यक्रममा लगभग एक हजार विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०८२ बुधवार - ११:५४:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology