नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक विभाग अन्तर्गत निर्माण भइरहेको यस सुरुङमार्गलाई असोजभित्रै सम्पन्न गर्ने गरी तीव्र तयारीमा काम भइरहेको छ ।
\विभागकाअनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ९४.५ प्रतिशत रहेको छ र सम्पूर्ण निर्माण कार्य असोज महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका लागि यात्रा थप सहज र द्रुत हुने अपेक्षा गरिएको छ । हाल सडक विभागले नागढुङ्गा सुरुङमार्ग सञ्चालन, व्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न सेवा खरिद कार्यको तयारी गरिरहेको छ ।