आगामी असोज १० गते नीलकण्ठ नगरपालिकाको सिटी हलमा हुने जिल्लास्तरीय “कृषि उत्पादन बजार र व्यापार” विषयक वक्तृत्वकला प्रतियोगितामा गल्छी गाउँपालिकाबाट सहभागी हुने प्रतियोगीको छनौट भएको छ।
छनौट प्रतियोगितामा ५ जनाको सहभागिता रहेकोमा सूचना अधिकारी प्रथम, संगिता श्रेष्ठ द्वितीय, सक्षम नेपाल तृतीय स्थानमा चयन भएका छन्। उनीहरु जिल्लास्तरीय प्रतियोगितामा गल्छी गाउँपालिकाबाट प्रतिनिधित्व गर्नेछन्। त्यस्तै सुष्मा अधिकारी र बिबेक थापालाई समेत पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

गल्छी गाउँपालिकाको सभा हलमा भएको छनौट कार्यक्रमको अध्यक्षता विकास गरंजा र शिक्षा अधिकृत धिरज बस्नेतको प्रमुख आतित्थ्यता रहेको थियो । निर्णायक मण्डलमा शिवप्रसाद पौडेल, राधाकृष्ण पण्डित र मोहन पाण्डे रहेका थिए भने अतिथिहरुमा बिपिन मल्ल, श्रद्धा रिमाल र साधना अधिकारी सहभागी थिए।
अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा हुने जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुनेलाई रु. ५०,०००, द्वितीयलाई रु. ३०,०००, तृतीयलाई रु. २०,०००, चौथो हुनेलाई रु. १०,००० र पाँचौं हुनेलाई रु. ५,००० नगद पुरस्कार प्रदान गरिने बताईएको छ ।