आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गङ्गा सोनामलाई नेपाल आइडल सिजन ६ को उपाधि

गङ्गा सोनामलाई नेपाल आइडल सिजन ६ को उपाधि

नागरिक पाटी

१६, भाद्र २०८२
  • 3.8K
    SHARES
  • गङ्गा सोनामलाई नेपाल आइडल सिजन ६ को उपाधि

    नेपाल आइडल सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गङ्गा सोनामले जितेकी छन् । गएराति भएको अन्तिम प्रतिस्पर्धामा अरू चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । गङ्गाले पुरस्कारस्वरूप उपाधि ट्रफी, २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन् ।

    images

    यस सिजनमा बबिता थापा मगर दोश्रो र दर्शना गान्धारी तेश्रो घोषित भए । थापाले १० लाख रूपैयाँ र गान्धारीले पाँच लाख रूपैयाँसहित उपहार प्राप्त गरेका छन् । यस्तै अभिनय खाति चौथो र मृनल मानन्धरले पाँचौ स्थानको पुरस्कार पाएका छन् । उनीहरू दुवैले एक लाख रूपैयाँ पुरस्कार जितेका छन् ।

    दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो । यसअघि नेपाल आइडलमा बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र गएको वर्ष करण परियार विजेता बनेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०८२ सोमवार - ०७:३२:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology