आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुशीला कार्की र राष्ट्रपति पौडेलबीच वार्ता हुँदै

सुशीला कार्की र राष्ट्रपति पौडेलबीच वार्ता हुँदै

नागरिक पाटी

२७, भाद्र २०८२
  • 4.4K
    SHARES
  • सुशीला कार्की र राष्ट्रपति पौडेलबीच वार्ता हुँदै

    जेनजी प्रतिनिधि सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः वार्ता हुन लागेको हो ।

    images

    बिहीबारको वार्तामा संसद् विघटन नगरी अन्तरिम सरकार बनाउने अथवा गरेर भन्ने विषयमा सहमति जुट्न सकेको थिएन । जेन्जी प्रतिनिधि कार्कीले संसद् विघटन नगरी नयाँ सरकार बन्न नसक्ने बताएकी थिइन् । तर, राष्ट्रपतिले संसद् विघटन नगरी चुनावी सरकार बनाउनुपर्ने बताएका थिए ।

    त्यसैले आज पनि वार्ता हुने भएको छ । नयाँ सरकार गठनका विषयमा वार्ता केन्द्रित हुनेछ । राष्ट्रपति पौडेलले दलहरूसँगको छलफललाई तीव्र पारेका छन् । माओवादी र कांग्रेसका नेताहरूसँग उनले छलफल गरिसकेका छन् । गएराति अबेर उनले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका छन् । अन्तरिम सरकार गठन, संसद्लगायत विषयमा उनले राजनीतिक दल र सभामुखसँग परामर्श गरेका हुन् ।

    जेनजी प्रतिनिधिले अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिने बताएका छन् । राष्ट्रपतिले गरेको परामर्शमा दलहरूले पनि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिँदा आपत्ति नहुने बताएका छन् । तर, दलहरूले संसद् भंग गर्न नहुने सर्त राखेका छन् ।

    कार्की पनि यो जिम्मेवारी लिन तयार देखिएकी छन् । तर, यसका लागि प्रक्रिया मिल्नुपर्ने उनको सर्त छ । संसद् विघटन नगरी बाहिरबाट सरकार बन्न नसक्ने उनको जिकिर छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०८२ शुक्रवार - ०८:४९:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology