आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लीला तिवारीलाई मिसेस नेपाल अस्ट्रेलिया २०२५ को ताज

लीला तिवारीलाई मिसेस नेपाल अस्ट्रेलिया २०२५ को ताज

नागरिक पाटी

२९, भाद्र २०८२
  • 4.0K
    SHARES
  • लीला तिवारीलाई मिसेस नेपाल अस्ट्रेलिया २०२५ को ताज

    मिसेस नेपाल अस्ट्रेलिया २०२५ को फाइनल सेप्टेम्बर १३ मा अस्ट्रेलियाको मेलबर्नमा शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भएको छ । प्रतिष्ठित ताज लीला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जितिन्।

    images

    ताजसँगै उनले “एलीगेन्ट वाक” उपाधि, एक हजार अस्ट्रेलियन डलरको नगद पुरस्कार, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्।

    पहिलो रनर–अपको उपाधि सिवानी कट्टेलले हात पारिन्, जसले “कन्फिडेन्स” ९आत्मविश्वास० पुरस्कार समेत जितिन्। उनले ६०० अस्ट्रेलियन डलर नगद, ३० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्।

    दोस्रो रनर–अप आश्मा ९एश० चालिसे घोषित भइन् । उनले “ग्रेसफुल डीभा” ९शालीन सुन्दरी० उपाधि जितिन्। उनलाई ४०० अस्ट्रेलियन डलर, २० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर र अन्य उपहारहरू प्रदान गरियो।

    विजेता लीला तिवारी पौडेल नेपालको बुटवल निवासी हुन् र हाल मेलबर्न, भिक्टोरियाको मिकलह्याममा बसोबास गर्छिन्। उनी पेसाले नर्स हुन् र आफ्नो पेसाप्रति गहिरो रुचि राख्छिन्। पेसागत जीवन बाहेक उनी यात्रा गर्न मन पराउँछिन्।

    यस प्रतियोगिताको पहिलो संस्करणमा अस्ट्रेलियामा बसोबास गर्ने चौध जना नेपाली विवाहित महिलाहरूले सहभागिता जनाएका थिए। यो मात्र सौन्दर्य प्रतियोगिता नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृति, परम्परा र प्रतिभाको उत्सव पनि थियो।

    प्रतियोगीहरूलाई विभिन्न उपाधिहरू मार्फत उनीहरूको उत्कृष्टतालाई सम्मान गरिएको थियो। आकृति सापकोटाले बोल्ड एण्ड ब्युटी, आरती सिंहले इन्टेलेक्चुअल, जमुना अधिकारी रिजालले कन्जेनियलिटी, निवा प्रजापति साहुखलले सोशल इम्प्याक्ट एण्ड एलिगेन्ट पर्सनालिटी, सन्ध्या भट्टराईले हर्ट अफ गोल्ड, जस्मिन चौलागाईं ढकालले मिसेस पोइज, अनुजा मल्ल ढकालले ट्यालेन्ट, विद्या पनेरूले डिसिप्लिन, रश्मी अधिकारीले फोटोजेनिक, दीपा खनालले बेस्ट एटिच्युड र सरस्वती श्रेष्ठले फेसनिष्टा उपाधि हासिल गरेका छन् ।

    कार्यक्रमलाई नेपालका फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले मार्गदर्शन, कोरियोग्राफी साथै कार्यक्रम सञ्चालन गरेका थिए । यस प्रतियोगितालाई हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अस्ट्रेलियाले आयोजना गरेको हो।

    कार्यक्रमलाई मिरेकल माइग्रेशन एण्ड एजुकेशनले प्रस्तुत गरेको थियो भने ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेशनले पावरबाई गरेको थियो। सौन्दर्य र ग्ल्यामरसँगै यस प्रतियोगिताले विवाहित नेपाली महिलाहरूलाई नेतृत्व, सञ्चार क्षमता र व्यक्तिगत विकासमा प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो। साथै यसले नेपालका संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने महत्त्वाकाङ्क्षा बोकेको थियो।

    कार्यक्रमलाई सिजन मिडियाले व्यवस्थापन गरेको थियो। निर्णायक मण्डलमा चर्चित कलाकार तथा मोडल प्रकृति श्रेष्ठ, मिस नेपाल अर्थ २०११ अनुपमा अरा गुरुङ, एथ्रीके सोलुसनका एमडी विनोद कुवर, मिरेकल माइग्रेशन एण्ड एजुकेशनका निर्देशक सागर शाही, तथा ग्रेस इन्टरनेशनलका निर्देशक प्रकाश रेग्मी समावेश थिए।

    कार्यक्रमलाई अझ गौरवमयी बनाउन अस्ट्रेलियामा भिक्टोरियाका लागि नेपालका मानार्थ वाणिज्यदूत नीराजन गौली मुख्य अतिथिका रूपमा उपस्थित भएका थिए। मिसेस नेपाल अस्ट्रेलिया २०२५ ले विवाहित नेपाली महिलाहरूको क्षमता, आत्मविश्वास र सौन्दर्यलाई मात्र होइन, उनीहरूको संस्कृति र पहिचानलाई सम्मानका साथ विश्वभर उजागर गर्ने अवसर प्रदान गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - ०९:०६:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology