आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

नागरिक पाटी

२९, भाद्र २०८२
  • 1.8K
    SHARES
  • दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

    दशैँका लागि आजदेखि सुकिला नोट साट्न थालिएको छ । नेपाल राष्ट्र बैङ्कले आजदेखि आउँदो असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । जेन–जीको प्रदर्शन र उत्पन्न विषम अवस्थाले केही समस्या भए पनि राष्ट्र बैङ्क अनि अन्य बैङ्क तथा वित्तिय संस्थामा भौतिक धेरै क्षति नभएकाले यसअघिको निर्णय अनुसार नै नोट सटही गर्न सक्ने अवस्था रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

    images

    नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीमा रहेको मुद्रा व्यवस्थापन विभाग, प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोटको सटही गर्न सकिनेछ । साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट साट्न सक्ने गरी व्यवस्थापन गरिएको राष्ट्र बैङ्कका प्रवक्ता किरण पण्डितले जानकारी दिनुभयो ।

    यसपाली पाँच रुपैयाँ दरको नोट भने नयाँ पनि वितरण हुनेछ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसवर्षको बडादशैँ अर्थात् टिकाको मुख्य दिन आउँदो असोज १६ गते बिहीवार परेको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - ११:२२:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology