आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यस्तो छ चलचित्र ‘माइतीघर’को ट्रेलर

यस्तो छ चलचित्र ‘माइतीघर’को ट्रेलर

नागरिक पाटी

३, आश्विन २०८२
  • 3.9K
    SHARES
  • यस्तो छ चलचित्र ‘माइतीघर’को ट्रेलर

    चलचित्र ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । दसैँको फूलपातीको अवसर पारेर असोजको १३ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम, बिछोड, सामाजिक अवरोध र कमेडी छ । मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार घिमिरे, प्रकाश सपूत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङलगायत कलाकारको अभिनय छ ।

    images

    रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रमा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता छन् । रामशरण पाठकको लेखन रहेको चलचित्रलाई सुशन प्रजापतिले खिचेका छन् । सुरेन्द्र पौडेलको सम्पादन छ ।

    चलचित्र रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३, २०८२ शुक्रवार - ०९:२९:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology