आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुग्लिन–नारायणगढ सडकखण्ड : पहिरो पन्छाउने काम बिहानैदेखि सुरु

मुग्लिन–नारायणगढ सडकखण्ड : पहिरो पन्छाउने काम बिहानैदेखि सुरु

नागरिक पाटी

५, आश्विन २०८२
  • 4.3K
    SHARES
  • मुग्लिन–नारायणगढ सडकखण्ड : पहिरो पन्छाउने काम बिहानैदेखि सुरु

    मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुनस् सुरु गरिएको छ । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    images

    यद्यपि ढुंगा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलानेर शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् । अहिले पनि सडकमा धेरै सवारी साधन र मानिसहरू अलपत्र छन् । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । 

    जिल्ला प्रशासन कार्यालय र प्रहरीले अलपत्र यात्रुहरूलाई शनिबार दिउँसो र बेलुकी पानी र खानाको व्यवस्था गरेको थियो । राजमार्गमा भएका व्यवसायीहरूलाई पनि अलपत्र यात्रुको सहजीकरणका लागि अपिल गरिएको थियो ।

    दशैंको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको थियो । मन्त्री कुलमान घिसिङले राजमार्ग खुलाउन र वैकल्पिक व्यवस्था समेत गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ । उसका अनुसार विकल्पमा नौबिसे–दामन–हेटौंडा र मुग्लिन–भिमाद–डेढगाउँं–गैंडाकोट अर्थात् कालीगण्डकी करिडोर प्रयोग गर्न सकिन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०८२ आइतवार - ०७:५९:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology