आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हिले दसैँ हुने सम्भावना धेरै छ : मौसमविद

हिले दसैँ हुने सम्भावना धेरै छ : मौसमविद

नागरिक पाटी

५, आश्विन २०८२
  • 4.1K
    SHARES
  • हिले दसैँ हुने सम्भावना धेरै छ : मौसमविद

    यो वर्षको दसैँ अवधिमा वर्षाको पूर्वानुमान गरिएको छ । मौसमविद्ले हिले दसैँ हुने सम्भावना औँल्याएका हुन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले आउँदो साता पानी पार्ने प्रणाली मनसुन फेरि हुन सक्ने जनाएका छन् । मनसुन सक्रिय र हिले दसैँको सम्भावना उनले औँल्याएका हुन् ।

    images

    घटस्थापनादेखि एक सातासम्म मनसुन त्यति सक्रिय नदेखिने उनले उल्लेख गरेका छन् । तर, साँझ तथा बेलुका केही ठाउँमा वर्षा हुने सम्भावना बाँकी नै रहेको बताएका छन् । पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायले पनि मनसुन पुनः सक्रिय हुने सम्भावना कायम रहेको जनाएका छन् ।

    देशमा मौसमको निगरानी गर्ने आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनले पनि केही दिनपछि मनसुन पुनः सक्रिय हुने पूर्वानुमान रहेको बताएकी छन् ।

    दसैँको टीकासम्म मनसुन नेपालबाट नबाहिरिए पनि ठूलो वर्षा र झरीको सम्भावना नरहेको जलवायुविज्ञ डा। धर्मराज उप्रेतीको भनाई छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०८२ आइतवार - ०८:०९:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology