पृथ्वी राजमार्ग अन्तर्गत मलेखु-मुग्लिन सडकखण्डमा खसेका सबै पहिरो पन्छाइएको छ । तर, राति खसेको पहिरोले सडकमै रोकिएका सवारी साधनहरुको अत्यधिक चाप छ । त्यसैले सवारी साधनहरुको लामो लाइन छ ।
गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प भएको थियो । तर डोजरहरु प्रयोग गरेर राति नै पहिरो हटाइसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलानेर झरेको पहिरो भने हटाउने क्रम जारी छ । बुधबार साँझ पानी परेकाले पहिरो पन्छाउने काम केहीबेर रोकिएको थियो । आज बिहानैबाट पहिरो पन्छाउने काम जारी छ ।