आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वाग्मतीसहितका प्रदेशमा धेरै भारी वर्षा

वाग्मतीसहितका प्रदेशमा धेरै भारी वर्षा

नागरिक पाटी

१८, आश्विन २०८२
  • 3.9K
    SHARES
  • वाग्मतीसहितका प्रदेशमा धेरै भारी वर्षा

    केही प्रदेशमा आज वर्षाको सम्भावना छ । केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंलगायत केही स्थानमा वर्षा सुरु भइसकेको छ । काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ ।

    images

    दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा पूर्ण बदली रहनेछ । बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ ।

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका अधिकांश स्थानमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

    हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा प्रभाव रहेका कारण भारी वर्षाको सम्भावना रहेको विभागले प्रष्ट पारेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०८२ शनिवार - ०८:१७:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology