आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

उपत्यकामा ठूलो वर्षाको संकट टर्‍यो

उपत्यकामा ठूलो वर्षाको संकट टर्‍यो

नागरिक पाटी

१९, आश्विन २०८२
  • 3.2K
    SHARES
  • उपत्यकामा ठूलो वर्षाको संकट टर्‍यो

    बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको मौसमविदले बताएका छन् । यद्यपि काठमाडौं उपत्यकामा ठूलो पानी पार्ने प्रणाली तुलनात्मक रुपमा कमजोर भएको छ । यो प्रणाली अहिले कोशी प्रदेशतिर सरेको छ ।

    images

    काठमाडौंमा ठूलो वर्षाको संकट टरेको र कोशी प्रदेशतिर सरेको जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका छन् । विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले मधेश प्रदेशमा अझै पनि पानी पार्ने बादल देखिए पनि हिजोको जस्तो ठूलो पानी पर्ने सम्भावना कम रहेको बताए ।

    उनका अनुसार अहिले पानी पार्ने प्रणाली कोशी प्रदेशमा देखिन्छ । त्यसको प्रभावले पाँचथर, इलाम, झापादेखि चतरासम्मको तराईका भूभागका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । आज पनि कुनै(कुनै ठाउँमा भारी वर्षाको सम्भावना रहे पनि दिउँसोदेखि त्यो पनि कमजोर हुने उनले बताए ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०८२ आइतवार - ०८:४७:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology