पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार्गहरुमा गाडी चलाउन दिने तयारी गरिएको हो । जल तथा मौसम विज्ञान विभागले पनि पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने भनेर सरकारी अधिकारीहरुलाई सूचना दिइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अब काठमाडौं–नारायणगढ र काठमाडौं पोखरा–सडक खण्डमा यातायातका साधन सञ्चालन गर्ने तयारी छ ।
बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले हाल वर्षा हुने क्रम रोकिएको र ठूलो पानी पार्ने प्रणाली मध्यक्षेत्रबाट बाहिरिएकाले ठूलो पानी पर्ने सम्भावना नरहेको जानकारी दिए ।
आजै दिउँसोबाट पूर्वी क्षेत्रबाट पनि वर्षा गराउने प्रणाली निष्कृय हुने सम्भावना रहेको उनले बताए ।