आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘अभिमन्यु’ को प्रदर्शन मिति पुनः सर्यो

‘अभिमन्यु’ को प्रदर्शन मिति पुनः सर्यो

नागरिक पाटी

१९, आश्विन २०८२
  • 4.7K
    SHARES
  • ‘अभिमन्यु’ को प्रदर्शन मिति पुनः सर्यो

    फिल्म ‘अभिमन्यु’ को प्रदर्शन मिति पुनः सरेको छ । मुलुकको प्राकृतिक विपत्तिको पछिल्लो अवस्थालाई ख्याल गर्दै प्रदर्शन मिति सारिएको निर्माताले जनाएका छन् । २४ असोजको पूर्वनिर्धारित मिति स्थगित भएको छ । अब यो फिल्म २१ कात्तिक ९नोभेम्बर ७० देखि रिलिज हुने जनाइएको छ ।

    images

    निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । २१ कात्तिकमा ‘जारी २’ र ‘मन बिनाको धन’ फिल्म पनि प्रदर्शन तयारीमा छन् ।

    यो फिल्मलाई उक्त मितिमा एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज गर्ने जनाइएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देलको अभिनय छ ।

    पौडेल र गुञ्जन गिरी निर्माता हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०८२ आइतवार - १९:०४:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology