आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हमासले भन्यो– हामीसँग २० बन्धकमात्रै जीवित छन्

हमासले भन्यो– हामीसँग २० बन्धकमात्रै जीवित छन्

नागरिक पाटी

२६, आश्विन २०८२
  • 5.2K
    SHARES
  • हमासले भन्यो– हामीसँग २० बन्धकमात्रै जीवित छन्

    हमासले आफूसँग २० बन्धक जीवित रहेको पुष्टि गरेको छ । आइतबार हमासले जीवित रहेका २० बन्धकलाई हस्तान्तरण गर्न तयार
    रहेको बताएको वाल स्ट्रिट जर्नलले जनाएको छ । हमासले आइतबार मध्यरातअघि जीवित बन्धकलाई रिहा गर्ने विश्वास गरिएको छ ।

    images

    हमासले अरब मध्यस्थकर्ताहरूमार्फत जीवित २० बन्धकलाई रिहा गर्न तयार रहेको सन्देश इजरायललाई पठाइएको रिपोर्टमा उल्लेख छ ।
    बइजरायलले पहिलेदेखि नै २० जना बन्धक जीवित रहेको र अन्य दुई जनाको अवस्था अज्ञात रहेको बताउँदै आएको थियो ।
    अन्य, २६ जनाको मृत्यु भइसकेको इजरायलको विश्वास छ । तर, हमासले यसबारे कुनै जानकारी दिएको थिएन ।

    अन्तर्राष्ट्रिय रेड क्रस कमिटीका प्रतिनिधिलाई बन्धक हस्तान्तरणको तयारीका लागि हमासले जीवित बन्धकलाई भेला गर्न थालेको छ बताइएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०८२ आइतवार - १६:३०:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology