आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हमासद्धारा विपिनको मृत्यु पुष्टि

हमासद्धारा विपिनको मृत्यु पुष्टि

नागरिक पाटी

२७, आश्विन २०८२
  • 4.1K
    SHARES
  • हमासद्धारा विपिनको मृत्यु पुष्टि

    हमासले इजरालयबाट कब्जामा लिएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । हमासलाई उद्धृत गर्दै इजरायली सेनाले दिएको जानकारीअनुसार विपिनसहित चारजनाको शव हस्तान्तरणको तयारी गरिएको छ । रेडक्रस प्रतिनिधिलाई शव हस्तान्तरणको तयारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार साँझ चारजना मृतक बन्धकलाई फिर्ता गर्ने तयारी गरेको इजरायली सेनाका प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल एफि डेफ्रीनले बताएका छन् ।

    images

    हमासले पछि ती बन्धकहरूको नाम गाई इलोज, योसी शराबी, विपिन जोशी र डेनियल पेरेज रहेको पुष्टि गरेको छ । उनीहरुलाई ७ अक्टोबर २०२३ मा इजरायलबाट अपहरण गरिएको थियो । कृषि अध्ययनरत जोशी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

    उनी इजरायल पुगेको तीन साता पनि नबित्दै हमासको आक्रमणमा परेका थिए । हमासले उनीसहित नेपाली विद्यार्थी बसेको इजरायलको किबुज क्षेत्रमा रहेको बंकरमा हानेका दुईवटामध्ये एउटा ग्रीनेड बाहिर फालेर केही साथीको ज्यान बचाएका थिए । त्यसलगत्तै हमासका कार्यकर्ताले विपिनलाई अपहरण गरेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - २१:४०:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology