आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भाइटीकाकाे उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

भाइटीकाकाे उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

नागरिक पाटी

२८, आश्विन २०८२
  • 4.2K
    SHARES
  • भाइटीकाकाे उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो ।

    images

    आउँदाे कात्तिक ६ गते बिहीवार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो ।

    कात्तिक ६ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।

    यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिवारदेखि शुरू हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरू गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

    कात्तिक २ गते आइतवार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । कात्तिक ३ गते सोमवार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ ।

    कात्तिक ३ गते दिउँसो २ बजेर ५२ मिनेटसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले त्यसै अनुसार पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । औँशी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलवार बिहान गर्नुपर्नेछ ।

    कात्तिक ४ गते दिउँसो ४ बजेर २९ मिनेटसम्म औँशी तिथि रहेको समितिले जनाएको छ ।

    गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधवार हुनेछ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ ।

    प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४६ शुरू हुन्छ । भाइपूजा र किजापूजा पनि कात्तिक ६ गते मनाइनेछ ।

    शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाइलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । रासस

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २८, २०८२ मंगलवार - १५:१०:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology