आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आजबाट अनमोलको ‘जेरी अन टप’ प्रदर्शन

आजबाट अनमोलको ‘जेरी अन टप’ प्रदर्शन

नागरिक पाटी

३१, आश्विन २०८२
  • 4.0K
    SHARES
  • आजबाट अनमोलको ‘जेरी अन टप’ प्रदर्शन

    चलचित्र ‘जेरी अन टप’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो चलचित्र आजबाट प्रदर्शनमा आएको हो । देशभर यो चलचित्रले दुई सयभन्दा माथि शो पाएको छ । चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन् ।

    images

    सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे ९माग्नेबुढा०, भुवन केसी, उषा खड्गीको अभिनय छ । अभिनेत्री सुरक्षा पन्तले यो सिनेमामा विशेष भूमिका निभाएकी छन् ।

    अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ । चलचित्रमा कथा हेमराज बिसीको छ ।

    कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिनाको छ । छायांकन दुलीप रेग्मीको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३१, २०८२ शुक्रवार - ०९:२२:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology