आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सोमबार रातिदेखि हिमपात र वर्षाको सम्भावना

सोमबार रातिदेखि हिमपात र वर्षाको सम्भावना

नागरिक पाटी

१०, कार्तिक २०८२
  • 2.3K
    SHARES
  • सोमबार रातिदेखि हिमपात र वर्षाको सम्भावना

    जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिन हिमपातको सम्भावना रहेको बताएको छ।

    images

    महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ।

    सोही प्रभावका कारण सोमबार रातिदेखि कात्तिक १२ गते बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जनाएको छ।

     यसैगरी, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।महाशाखाले सम्भावित हिमपात र वर्षाको कारणले दैनिक जनजीवन,पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अप्नाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध पनि गरेको छ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १०, २०८२ सोमवार - १८:१०:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology