आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बुधबार फेरि वर्षा र हिमपातको पूर्वानुमान

बुधबार फेरि वर्षा र हिमपातको पूर्वानुमान

नागरिक पाटी

१५, कार्तिक २०८२
  • 3.1K
    SHARES
  • बुधबार फेरि वर्षा र हिमपातको पूर्वानुमान

    देशका केही स्थानमा आउँदो बुधबार फेरि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हालको वर्षा रोकिएर अर्को मौसम प्रणालीले पानी पार्ने मौसमविद्ले उल्लेख गरेका छन् ।

    images

    त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले मंगलबार बेलुकादेखि पश्चिम नेपालमा वर्षा र हिमपात हुन सक्ने बताएका छन् । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को असर देशमा अझै बाँकी रहेको उनले जनाएको छ । त्यसकै प्रभावले शनिबार बिहानैदेखि काठमाडौंलगायत आधा पूर्वी नेपालमा वर्षा भइरहेको उनको भनाइ छ ।

    बुधबार भने पश्चिमी वायुको प्रभावले काठमाडौंसम्म वर्षाको सम्भावना उनले औँल्याएका छन् । बुधबार हुने पूर्वानुमान गरिएको वर्षा हल्का मात्र हुने उनले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाले भने देशमा हाल पश्चिमी वायु र अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १५, २०८२ शनिवार - १४:५३:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology