नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिका– ५ को हिल्सा क्षेत्रको तापक्रम माइनस आठ डिग्री सेल्सियस पुगेको छ । केही दिन अगाडि नारा क्षेत्रमा भएको हिमपातपछि हिल्सा क्षेत्रको चिसो अत्याधिक बढेको हो।
यसवर्ष हिउ नपर्दै नेपाली भूमि हिल्सा र किट क्षेत्रमा दिउँसै तापक्रम माइनस आठ डिग्री सेल्सियस पुगेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । एक हप्ता अगाडिसम्म हिल्साको तापक्रम सुन्ने डिग्री सेल्सियस रहेकोमा हाल ह्वात्तै वृद्धि भएर आठ डिग्री सेल्सियस पुगेको उहाँले बताउनुभयो । साथै बिहान र रातिको समयमा माइनस तापक्रम बढ्दै जानेको उहाँको भनाइ छ।
गतवर्ष हिमपात नहुँदासम्म हिल्साको तापक्रम शून्य वा एक दुई डिग्री सेल्सियस रहने र हिमपातपछि मात्र माइनस पुगेको उहाँले बताउनुभयो । तापक्रम माइनसमा झरेपछि खानेपानीका धारामा पानी जम्न थालेको छ भने अधिकांश समय आगो तापेर घर भित्रै बस्नु पर्ने अवस्था हिल्सावासीको रहेको स्थानीय कर्मा लामाले बताउनुभयो ।