आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नारायणगढ–बुटवल सडक विस्तारको काम रातिको समयमा मात्र जारी

नारायणगढ–बुटवल सडक विस्तारको काम रातिको समयमा मात्र जारी

नागरिक पाटी

२९, कार्तिक २०८२
  • 3.3K
    SHARES
  • नारायणगढ–बुटवल सडक विस्तारको काम रातिको समयमा मात्र जारी

    पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवलखण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।

    images

    नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले हरेक दिन राति १० देखि भोलिपल्ट बिहान ४ बजेसम्म काम भइरहेको बताए ।

    दिनमा यो सडकमा काम गर्दा सवारीसाधनको लामो जाम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि रातिमा काम थालिएको उनले बताए । कार्यतालिकाबमोजिम प्रगति हासिल भएमा अबका १० दिनमा यो सडकमा कालोपत्र गरेर सकिने सूचना अधिकारी खनालले जानकारी दिए ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २९, २०८२ शनिवार - १६:४०:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology