आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री नभएको गुनासो

मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री नभएको गुनासो

नागरिक पाटी

३०, कार्तिक २०८२
  • 3.3K
    SHARES
  • मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री नभएको गुनासो

    विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपाङ्गतामैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँ सदरमुकाम दमौली बजारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि हिँडडुलमा समस्या भएको गुनासो गरेका हुन् ।

    images

    अपाङ्गाता भएका व्यक्तिहरूले शनिबार दमौली बजारको सडक अपाङ्गतामैत्री भए-नभएकोबारे परीक्षण गरेका छन् । तनहुँ नेत्रहीन सङ्घका अध्यक्ष विराजमान कुमालले सडक अपाङ्गतामैत्री नहुँदा दृष्टिविहीन अपाङ्गता भएकाहरूलाई समस्या भएको बताए । रिसेड तनहुँका महासचिव किशोर न्यौपानेले सडक निर्माणसँगै जेब्राक्रसिङ, टेक्सटाइलजस्ता क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताए ।

    व्यास नगरपालिका अपाङ्गता सहायता कक्षमा कार्यरत ह्वीलचियर प्रयोगकर्ता कृष्ण थापाले ह्वीलचियर प्रयोगकर्तालाई सडक अपाङ्गतामैत्री नभएको गुनासो गरे । अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियानले मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा निर्माण गरिएको जेब्राक्रस र फुटपाथ अपाङ्गतामैत्री बनाउन माग गर्दै सरोकारवालालाई हालै ज्ञापनपत्रसमेत बुझाएको छ ।

    दमौली बजारको दुर्गामन्दिरदेखि बुल्दीखोलासम्म पहुँचयुक्ततासम्बन्धी अनुगमनका क्रममा जेब्राक्रस र फुटपाथ अपाङ्गतामैत्री नभएको देखिएकाले सो स्थानलाई अपाङ्गतामैत्री बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाइएको अपाङ्गता अधिकारकर्मी एवं अभियानका संयोजक मदन पौडेलले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालयदेखि तरकारी लाइनसम्मको फुटपाथ अति भिरालो र तरकारी लाइनदेखि सफासडकसम्मको फुटपाथ भिरालो भएकाले अपाङ्गतामैत्री नदेखिएको जनाइएको छ ।

    दुर्गामन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथ मध्यभागमा पर्ने गरी बिजुलीका पोल राखिएकाले ह्वीलचियर प्रयोगकर्ता र सेतोछडी प्रयोगकर्ताहरू फुटपाथको प्रयोगबाट वञ्चित भएको उल्लेख गरिएको छ ।

    दुर्गा मन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथको मध्यभागमा पर्नेगरी बिजुलीका पोल राखिएकाले सेतोछडी प्रयोगकर्ताको सहजताका लागि राखिएको टेक्सटायलको प्रयोग गर्दा सिधै बिजुलीको पोलमा ठोक्किने समस्या रहेको जनाइएको छ ।

    सफासडक चोकमा रहेको जेब्राक्रस पार गरी सडकको दुवैतर्फका फुटपाथहरुमा उक्लने र्याम्प नबनाउँदा समस्या भएको उल्लेख गरिएको छ । बागबजारमा बनाइएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्ने गरी डिभाइर राखिएको साथै दुवैतर्फका फुटपाथहरूमा उक्लने र्याम्प नबनाइएको जनाइएको छ । बुल्दीखोला पुल नजिकै भएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्नेगरी डिभाइडर राखिएको उल्लेख गरिएको छ ।

    जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको साझा मञ्चका रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियान तनहुँ क्रियाशील छ । यस अभियानले पहुँचयुक्तता, जनचेतना, पैरवी, सञ्जालीकरणमार्फत अपाङ्गता भएका व्यक्तिहरूको हकहित र अधिकारका निम्ति काम गर्दै आएको छ । राससबाट

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३०, २०८२ आइतवार - ०८:३५:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology