आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

नागरिक पाटी

३०, कार्तिक २०८२
  • 2.8K
    SHARES
  • मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    मकवानपुर। मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    images

    प्रहरीका अनुसार बागमती प्रदेश ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटसाइकलका चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि बसेका पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३०, २०८२ आइतवार - १२:४१:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology