आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुग्लिन–पोखरा सडकमा दैनिक चार घण्टा सवारी आवगमन बन्द

मुग्लिन–पोखरा सडकमा दैनिक चार घण्टा सवारी आवगमन बन्द

नागरिक पाटी

२, मंसिर २०८२
  • 3.4K
    SHARES
  • मुग्लिन–पोखरा सडकमा दैनिक चार घण्टा सवारी आवगमन बन्द

    मुग्लिन–पोखरा सडकमा दैनिक चार घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय भएको छ । मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले एक सूचना जारी गर्दै विजयपुर खोलामा निर्माणाधीन पुलमा ‘गर्डर लन्चिङ’ गर्नुपर्ने भएकाले मंगलबारदेखि मंसिर ११ गतेसम्म सडक बन्द गर्न सुरु गरिएको जनाएको छ ।

    images

    उक्त अवधिमा हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरा–विजयपुर खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण-आंशिक रोक लगाइनेछ । आयोजनाका अनुसार एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन २ लेनको प्रिस्ट्रेस कंक्रिट पुलमा गर्डर राख्ने तयारी भएको छ ।

    यो काम अति संवेदनशील भएकाले सुरक्षालाई ध्यानमा राख्दै रातको समयमा गर्न नसकिने हुँदा दिउँसोमा सवारी आवागमन रोकेर काम गर्नुपर्ने बाध्यता रहेको पश्चिम खण्डले जारी गरेको सूचनामा उल्लेख छ ।

    सडक बन्द हुँदा यात्रुलाई पर्न जाने असुविधालाई मध्यनजर गर्दै वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । जसअनुसार दुईपाङ्ग्रे तथा साना सवारीसाधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे निस्कने र सोही रुट हुँदै फर्कने व्यवस्था मिलाइएको छ । ठूला तथा मालबाहक सवारीसाधनका लागि पावरहाउसचोकदेखि भौमारा हुँदै बिरौटा निस्कने र सोही मार्ग हुँदै फर्कने वैकल्पिक रुट तोकिएको छ ।

    साथै आयोजनाले तोकिएको समयमा ट्राफिक व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय, कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई अनुरोध गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - १५:१९:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology