आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गत महिना मापसे गरी सवारी चलाउँदा ११ जनाको मृत्यु

गत महिना मापसे गरी सवारी चलाउँदा ११ जनाको मृत्यु

नागरिक पाटी

१०, मंसिर २०८२
  • 2.8K
    SHARES
  • गत महिना मापसे गरी सवारी चलाउँदा ११ जनाको मृत्यु

    मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा ११ जनाको मृत्यु भएको छ । गत कात्तिक महिनामा मापसे गरी सवारी चलाउँदा २५० दुर्घटनामा ११ जनाको मृत्यु र ३७५ जना घाइते भएका छन् ।

    images

    लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १ सय ३ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १६३ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

    उपत्यकामा ५७ सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन् । कोशीमा ४१ सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् ।

    त्यस्तै मधेस प्रदेशमा २० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । बागमती प्रदेशमा मापसे गरी सवारी चलाएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

    त्यस्तै १ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । गण्डकी प्रदेशमा ४ सवारी दुर्घटना भएका छन् भने ६ जना घाइते भएका छन् । कर्णालीमा ६ वटा सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशमा ७ वटा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १०, २०८२ बुधवार - ०७:३०:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology