धादिङमा सातवटा सवारीसाधन एकआपसमा ठोक्किएको छ । धुनिबेशी नगरपालिका–६, चालिसेमा शनिबार दिउँसो चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनाम २ जनाको मृत्यु भएको उद्दार कार्यमा खटिएका प्रहरी र स्थानियको भनाई छ ।
सातवटा सवारी एकै ठाउँमा दुर्घटना हुँदा घाइते भएकामध्ये २७ जनालाई उद्धार गरी अस्पतालमा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार अहिलेसम्म २७ जनालाई उद्धार गरिएको र २ जना गम्भीर भएकालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
उक्त दुर्घटनामा स्कुल बससहित चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल परेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन्। दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ। दुईवटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन् ।