आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हेटौँडामा सडक विस्तार कार्य स्थगित

हेटौँडामा सडक विस्तार कार्य स्थगित

नागरिक पाटी

२१, मंसिर २०८२
  • 3.1K
    SHARES
  • हेटौँडामा सडक विस्तार कार्य स्थगित

    मकवानपुरको सडक डिभिजन कार्यालय हेटौँडाले बजारको मुख्य सडक विस्तारका लागि घरसंरचना हटाउने काम तत्कालका लागि स्थगित गरेको छ । सर्वाेच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरेको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    images

    सर्वोच्च अदालतले तत्कालका लागि घर–टहरा भत्काउने काम रोक्न अस्ति शुक्रवार नै अल्पकालीन आदेश जारी गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय मकवानपुर र सडक डिभिजन कार्यालयले आधिकारिक रूपमा आदेश प्राप्त नभएको भन्दै हिजो बिहानै डोजर चलाएर ५ सय ३१ वटा घर–टहरा भत्काएका थिए ।

    सडक डिभिजन कार्यालयले आज भने सर्वोच्च अदालतको पत्र प्राप्त भएको भन्दै भत्काउने काम रोकेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी हुने वा नहुने भन्नेबारेमा छलफलका लागि मङ्सिर २६ गतेको पेशी तोकेको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २१, २०८२ आइतवार - १९:१७:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology