ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, मृत्यु हुनेमा रौतहटका राजीव सिन्हा छन् । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
कुपन्डोल पुलबाट यूएन पुलतर्फ जाँदै गरेको बा.प्र. ०१–०२९ च ३८९६ नम्बरको भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा ५१ प ९५६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।