आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

नागरिक पाटी

२८, मंसिर २०८२
  • 2.7K
    SHARES
  • साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

    साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले आइतबार पाकिस्तानी क्लब कराची सिटी एफसी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै छ । खेलमा दुवै टिम फाइनल छनोटको निम्ति जित्नैपर्ने दबाबमा छन् ।

    images

    तालिकाको दोस्रो स्थानमा रहेको एपीएफले हालसम्म दुई खेल खेल्दा एक जित र एक बराबरीसँगै चार अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको कराचीले तीन खेल खेल्दा सबै खेलमा गोलरहीत बराबरी गर्दै तीन अंक जोडेको छ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ४ बजे सुरु हुनेछ ।

    आजै हुने दोस्रो खेलमा नस्रिन स्पोर्टस एकेडेमी र लिग लिडर इस्ट बंगाल खेल्दै छन् । तालिकाको शीर्ष स्थानमा रहेको इस्ट बंगालले हालसम्म दुई खेल खेल्दा शतप्रतिशत जित निकाल्दै ६ अंक जोडेको छ । नस्रिन भने फाइनलमा छनोटको निम्ति जित्नैपर्ने दबाबमा छ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २८, २०८२ आइतवार - ०७:३७:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology