आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बिभाजनको संघारमा बुद्ध एयर: आन्तरिक विवाद अदालत पुग्यो

बिभाजनको संघारमा बुद्ध एयर: आन्तरिक विवाद अदालत पुग्यो

नागरिक पाटी

७, पौष २०८२
  • 2.7K
    SHARES
  • बिभाजनको संघारमा बुद्ध एयर: आन्तरिक विवाद अदालत पुग्यो

    काठमाडौँ । नेपालको ठूलो हवाई कम्पनी बुद्ध एयर बिभाजनको डिलमा पुगेको छ । कम्पनीको शेयरधनीहरुको विवाद अदालतमा पुगेपछि बिभाजनको अन्तिम अवस्थामा पुगेको हो । बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत राजनितीमा होमिएपछी अन्य शेयर सदस्य आफ्नो आर्थिक अधिकारको सुरक्षाको लागि शेयरधनीहरु अदालत गएका हुन् ।

    images

    २०८२ कार्तिक २३ गते मुद्दा नं २०८२ CB ०००९ मा दर्ता रहेको मुद्दामा बुद्ध एयरका तर्फबाट एकाएक अधिवक्ता अशांकन मल्लको बहस पैरवीपछि निवेदकको पक्षले माग गरेको दैनिक र आवश्यक कार्य सञ्चालन खर्चबाहेक अन्य खर्च गर्न निषेध गरिपाउ भनी दिएको निवेदनमा अन्तरिम आदेश नगरी अन्याय गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिन तयारी रहेको एक कानुन व्यवसायीले जानकारी दिए ।

    अधिवक्ता अशांकन मल्ल सर्वोच्च अदालतका प्रभावशाली न्यायाधीश सपना प्रधानका पुत्र हुन । बुद्ध एयरको मुद्दामा उनी पहिलो पटक बहस गर्न आएका हुन । राजनीति दल खोलेपछि बस्नेतले अनावश्यक खर्च गरेर बुद्ध एयरलाई नोक्सान पुर्‍याउने सम्भावना रहेकाले अब सेयर सदस्यले सेयर अनुसार सम्पत्ति बण्डा गर्न परेको निवेदन तत्काल कार्यान्वयनमा लान माग गरि निवेदन दिएको थियो ।

    कम्पनीको आन्तरिक मनोमानीलाई अदालतले सच्याउनेमा शिवेन्द्र बस्नेतले विश्वास व्यक्त गरे । अदालतले आफ्नो पक्षमा फैसला गर्ने सो समुहको विश्वास रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ७, २०८२ सोमवार - २२:००:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology