आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

डेढ महिनामा छापियो ६ हजार ७ सय लाइसेन्स

डेढ महिनामा छापियो ६ हजार ७ सय लाइसेन्स

नागरिक पाटी

९, पौष २०८२
  • 3.2K
    SHARES
  • डेढ महिनामा छापियो ६ हजार ७ सय लाइसेन्स

    डेढ महिनामा सुरक्षण मुद्रण केन्द्रमार्फत ६ हजार ७ सय सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छापिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री कुलमान घिसिङले आफ्नो १ सय दिनको कार्य प्रगति सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

    images

    केन्द्रबाट लाइसेन्स छपाइ कात्तिक २१ गतेदेखि सुरु भएकोमा हालसम्म उक्त परिमाणमा लाइसेन्स छापिएका हुन् । विगतदेखि २५ लाखभन्दा बढी सवारी लाइसेन्स छपाइ हुन सकेका छैनन् ।

    त्यसमध्ये केन्द्रले १२ लाख लाइसेन्स ६ महिनाभित्र छापिसक्ने गरी सम्झौता भएको थियो । तर अहिले दैनिक न्यून परिमाणमा छपाइ भइरहेको छ । यस्तै, दैनिक ५० हजार थान प्रिन्ट गर्न सक्ने गरी तयारी थालिएको मन्त्री घिसिङले जानकारी समेत दिए ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ९, २०८२ बुधवार - १८:३३:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology