आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुंगा-नौबिसेमा ६२ प्रतिशत इन्टरमिडिएट लेन

नागढुंगा-नौबिसेमा ६२ प्रतिशत इन्टरमिडिएट लेन

नागरिक पाटी

९, पौष २०८२
  • 4.2K
    SHARES
  • नागढुंगा-नौबिसेमा ६२ प्रतिशत इन्टरमिडिएट लेन

    नागढुंगादेखि नौबिसेसम्मको १२.२६ किलोमिटर सडकमध्ये ६२.६४ प्रतिशत इन्टरमिडिएट लेनको हुने भएको छ । नागढुंगा–मुग्लिन सडक योजना पूर्वीखण्डका प्रमुख केशवप्रसाद ओझाका अनुसार यस प्याकेजअन्तर्गतको सडक ७.६८ किलोमिटर इन्टरमिडिएट लेन (सिंगल लेनभन्दा फराकिलो तर दुई लेन भन्दा साँघुरो) मा विस्तार गरिने भएको छ । विशेषगरी दुई लेनमा विस्तार गर्न नसकिने जटिल खालको भूगोलमा इन्टरमिडिएट लेन निर्माण गरिन्छ ।

    images

    यस्तै यस प्याकेजमा २.४१ किलोमिटर सडक डेडिकेटेड दुई लेनमा विस्तार गरिँदैछ । २.१७ किलोमिटर सडक ४ लेनमा विस्तार भइरहेको छ । यो खण्ड १ अर्ब ३० करोड रुपैयाँ लागतमा जाङ्सु–सगुन जेभीले २०७८ चैत २९ गते २४ महिनाभित्र स्तरोन्नति सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । तर डेढ वर्षपछि मात्रै विस्तार थालिएको यो सडक २०८१ जेठ २८ गते सक्नुपर्नेमा नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपियो ।

    उक्त म्यादमा नसकिएपछि दोस्रोपटक २०८२ साउन १० गतेसम्मका लागि म्याद थप गरिएको थियो । तर त्यस अवधिमा सम्पन्न हुन सकेन र आगामी फागुनसम्म म्याद थप गरिएको थियो । यो प्याकेज हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ९, २०८२ बुधवार - १९:०१:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology