आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रे साना किसान कृषि सहकारीको २१ औँ साधारण सभा सम्पन्न

थाक्रे साना किसान कृषि सहकारीको २१ औँ साधारण सभा सम्पन्न

आशिष ठकुरी

१८, पौष २०८२
  • 2.7K
    SHARES
  • थाक्रे साना किसान कृषि सहकारीको २१ औँ साधारण सभा सम्पन्न

     

    images

    थाक्रे साना किसान कृषि सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर ७ को हाप्सेचौरमा रहेको सहकारी संस्थाले शुक्रबार बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

    साधारणसभामा सञ्चालक समितीको तर्फबाट अध्यक्ष सरस्वती थापाले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमार्फत अध्यक्ष थापाले संस्थाको सेवा तथा क्रियाकलापहरुसँगै भावि कार्यक्रमहरु प्रस्तुत गर्नुभएको हो ।

    11.jpg

    यस्तै लेखा समितीका सँयोजक कपिल प्रसाद सुवेदीले लेखा सुपरिवेक्षण प्रतिवेदन अन्र्तगत सहकारीले गरेको आर्थिक तथा संगठनात्मक प्रगती, लगानीमा रहिरहेको ऋण रकम, अन्तरसमुह बचतको विवरण सँगै सुधार गर्नुपर्ने पक्षहरु प्रस्तुत गर्नुभएको छ ।

    10.jpg

    यसैगरी सँस्थाका प्रवन्धक बलराम बस्नेतले प्रतिवेदन मार्फत चालु आर्थिक वर्षको यथार्थ तथा आगामी आर्थिक वर्षको अनुमानित बजेट, नाफा, नोक्सान र आम्दानीको हिसाब प्रस्तुत गर्नुभएको छ । सभाबाट प्रस्तुत प्रतिवेदन सहित अन्य विभिन्न प्रस्तावहरु सर्वसम्मत पारित भएका छन् ।

    3.jpg

    वि.स २०५३ सालमा स्थापना भएको सहकारी संस्थामा अहिले २१० वटा समुह तथा ११२५ जना शेयर सदस्य रहेका छन्। कार्यक्रममा नियमित समुह बचत गर्ने ७० वर्ष पुगेका जेष्ठ सदस्यहरुलाई पनि दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको छ । कार्यक्रममा अतिथी, विशेष अतिथी र प्रमुख अतिथीले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

    13.jpg

    थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा थाक्रे वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडा, बागमती प्रदेश सहकारी संघको लेखा समिती संयोजक तथा गोगनपानी साना किसान कृषि सहकारीका अध्यक्ष बद्रि प्रसाद रुपाखेती, साना किसान कृषि सहकारी संघ धादिङका सदस्य तथा छत्रेदेउराली साना किसान कृषि सहकारी सँस्थाका अध्यक्ष रञ्जना पाठक, थाक्रे गाउँपालिका साना किसान सञ्जालका सँयोजक तथा भुमेस्थान कृषि सहकारी सँस्थाका अध्यक्ष कृष्ण बहादुर थापा, तर्सपु साना किसान कृषि सहकारीका अध्यक्ष राधिकादेवी सापकोटा, थाक्रे साना किसान कृषि सहकारीका संस्थापक अध्यक्ष शंकर तामाङ लगायत विभिन्न सहकारी सँस्थाका प्रवन्धक, विभिन्न सँस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतित्थ्यता रहेको थियो ।

    अन्य तस्बिरहरु : 

    9.jpg

    6.jpg

    4.jpg

    5.jpg

    8.jpg

    7.jpg

    12.jpg

    2.jpg

    images
    images
    images
    प्रकाशित मिति :पौष १८, २०८२ शुक्रवार - २२:२४:३१ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology