आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जीवनपुर साना किसान कृषि सहकारीले मनायोे २३ औं वार्षिक साधारण सभा

जीवनपुर साना किसान कृषि सहकारीले मनायोे २३ औं वार्षिक साधारण सभा

आशिष ठकुरी

१९, पौष २०८२
  • 3.5K
    SHARES
  • जीवनपुर साना किसान कृषि सहकारीले मनायोे २३ औं वार्षिक साधारण सभा

    धादिङको धुनिवेशीमा रहेको जीवनपुर साना किसान कृषि सहकारी संस्थाले २३ औं वार्षिक साधारण सभा मनाएको छ । “साना किसानको समृद्धि ः कृषिको रुपान्तरण र उद्यमशिलताको विकास” भन्ने नारा सहित संस्थाको कार्यालय परिसरमा साधारणसभा मनाईएको हो । साधारण सभामा अध्यक्ष राजेश कुमार रुचालले सहकारीको वार्षिक प्रगती प्रतिवेदन, यस्तै लेखा सुपरिवेक्षण समितीको प्रतिवेदन, बीमा उपसमिती संयोजक युद्ध प्रसाद न्यौपानेको प्रतिवेदन र संस्थाका प्रवन्धक रमेश रुपाखेतीको प्रतिवेदन प्रस्तुतसँगै सर्वसम्मत पारित भएको छ । यस सँगै विभिन्न २३ वटा प्रस्ताव पनि पारित भएको छ ।

    images

    सहकारी संस्थामा गत आर्थिक वर्षमा १९७८ शेयर सदस्यकोे शेयर रकम २ करोड ६३ लाख ९६ हजार ३ सय, लगानीमा रहिरहेको ल.र.र ऋण रकम २५ करोड २३ लाख ३३ हजार ३५० रुपैयाँ रहेको छ । सहकारीको कुल आम्दानी ४ करोड २४ लाख ९ हजार ५ सय ३३ रुपैँया रहेकोमा कुल खर्च ३ करोड ६७ लाख ९९ हजार ६ सय २८ र खुद नाफा ४७ लाख ७९ हजार २२८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीमा भाखा नाघेको ऋण रकम नै ४८ लाख ४५ हजार रुपैँया छ भने पाउनुपर्ने ब्याज १३ लाख ६५ हजार २१४ रुपैँया रहेको छ । कार्यक्रममा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य, बचत कर्ताहरु तथा ऋणीहरुलाई विभिन्न विधामा सम्मान पनि गरेको छ ।

    साधारण सभालाई सम्वोधन गर्दै धुनिवेशी नगरपालिकाको नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी बालकृष्ण आचार्यले जीवनपुर साना किसान कृषि सहकारी सँस्थासँग नगरपालिकाले विगतका वर्षहरुमा विभिन्न कार्यक्रममा साझेदारी गरेको र आगामी दिनमा पनि सहकार्य निरन्तरता रहने बताउनुभएको छ ।

    सहकारीका अध्यक्ष राजेश कुमार रुचालको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा धुनिवेशी नगरपालिकाको नगरप्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता, उपप्रमुख सुरज उप्रेती र लेखा परिक्षक भिमप्रसाद गैह्रे लगायतको विशेष आतित्थ्यता रहेको थियो । यस्तै धुनिवेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराई, धुनिवेशी नगर सहकारी सँघका अध्यक्ष बासु बास्कोटा, साना किसान कृषि सहकारी संघ धादिङका सदस्य तथा छत्रेदेउराली साना किसान कृषि सहकारी सँस्थाका अध्यक्ष रञ्जना पाठक लगायत विभिन्न सहकारी सँस्थाका प्रवन्धक, विभिन्न सँस्थाका प्रमुख तथा प्रतिनिधीहरु लगायतको आतित्थ्यता रहेको थियो ।

    कार्यक्रमका तस्बिरहरु रेडियो राजमार्ग नागरिकपाटी डटकम को फेसबुक पेजमा रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १९, २०८२ शनिवार - २१:३१:४८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology