देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । यस्तै, राति तराई भू–भागका धेरै स्थानमा हुस्सु रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।