निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ । शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दों र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको बताए ।
सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनुपर्ने वा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आवश्यक रणनीति तय गरी अघि बढ्ने उनको भनाइ छ ।