शनिबार तनहुँको शुक्लागण्डकीमा एकैदिन ३ जनाको शव सेती नदी किनारमा फेला परेको छ । घटनास्थलमा दुई पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शुक्लागण्डकी नगरपालिका ५ कसेरीस्थित शुक्लागण्डकी नगरपालिकाको फोहोर मैला प्रशोधन केन्द्रमा दुई जना पुरुषको शव फेला परेको हो । मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–११ राइपुरका नारायण विकको पहिचान खुलेको छ । सेती नदी किनारमा फेला परेका हुन् । फोहोर मैला केन्द्रमै भेटिएका अर्को एक जनाको पहिचान खुलेको छैन ।
अर्को एक जनाको शव भने जनकल्याण माविको तलपट्टी जङ्गलमा फेला परेको हो । उक्त शव महिलाको भएको इलाका प्रहेरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले बताएका छन ।।
उनको पनि पहिचान खुल्न भने सकेको छैन । घटनाको प्रकृति हेर्दा शङ्कास्पदका साथै हत्याको आशङ्का देखिएपछि जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी सहितको टोली, गण्डकी प्रदेशको प्राविधिक टोली र तालिम प्राप्त कुकुर सहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको उनले बताए ।