आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

नागरिक पाटी

२७, पौष २०८२
  • 2.4K
    SHARES
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

    इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षका तामाङलाई ह्रदयघात भएर नयाँ दिल्लीको एक अस्पतालमा पु¥याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।  भारतीय सञ्चारमाध्यमहरूले अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली फर्किएलगत्तै उनको निधन भएको जनाएका छन् ।

    images

    पश्चिम बङ्गालको दार्जिलिङमा साधारण परिवारमा जन्मिएका तामाङले सन् २००७ मा तेस्रो संस्करणको इन्डियन आइडलको उपाधिसँगै राष्ट्रियस्तरको ख्याति हासिल गरेका थिए । नेपाली भाषी तामाङलाई इन्डियन आइडलमा जिताउन नेपालमा पनि भोटिङ अभियानहरू चलेका थिए ।

    उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतका नेपाली चलचित्रमा अभिनय गरेका छन् । तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यु गरेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २७, २०८२ आइतवार - १७:०६:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology