भाईकाजी तिवारी
हाम्रो गल्छी गाउँपालिका बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि हामी आउनु भन्दा अगाडि नै पूर्व कार्यपालिकाबाट नै निर्णय भएर सुरुवात भएको थियो र हामी आएपछि यसलाई निरन्तरता दिँदै अहिले हामी चारवटा वडा घोषणा गर्नमा पुगेका छौँ । अब चारवटा वडा बाँकी छ ति वडाहरुमा पनि गाउँपालिकाबाट अनुगमन कार्य पुरा भैकेको छ र त्यसलाई पनि हामी तत्काल घोषणा गरि गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीमा छौँ । त्यो कुरामा अब बाँकी रहेका वडाहरुमा पनि लाग्न अरु वडा अध्यक्ष साथीहरुलाई पनि म यही मात्र यही मार्फत विनम्र अनुरोध गर्दछु । हामीले हामी आएकै पछिल्लो वर्ष नै गाउँपालिका घोषणा गर्ने भनेका थियौँ, तर यस्तो हुन सकेन ।
हामी ५१ एउटा सुचक त्यसमा पनि विभिन्न सुचकहरु मध्ये बालबचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत सुचक पर्दछन् । यी कुराहरु पुरा नगरिकन हामीले घोषणा गर्न सकिदैँन । त्यसकारण पनि हामी घोषणा मात्रै हैन यसलाई घोषणा गरेर दिगोपन पनि कायम गर्नु पर्ने छ । वडा नम्बर ८ को बालमैत्री वडा घोषणा गरियो, अब त हाम्रो सकियो त्यो होइन । यसलाई निरन्तरता गर्न र यसलाई दिगोपन दिनको लागि हामी जसरी खटिरहेका छौँ । त्यो कुराहरुलाई निरन्तरता दिईरहनुपर्ने हुन्छ ।
हामी विकास गर्ने भन्छौ, हामीमै चेतनाको विकास नभएसम्म यो जति भौतिक पूर्वाधारहरु विकास गरेर हामीले त्यसले केहि हुनेवाला देखिएन । त्यसकारणले पहिलो कुरो चेतनाको विकास; चेतनाको विकासमा पनि भाइबहिनीहरुबाट सुरुवात गर्यो भने मात्र यसले दिगोपन ल्याउन सक्छ । किन भन्नुहुन्छ भने हिजो विभिन्न राजनीति पदमा आउनको लागि नेविसंघ, अनेरास्ववियु, क्रान्तिकारी जस्ता विभिन्न तहबाट संगठित तरिकाले नेतृत्वमा र सामाजिक सेवामा आउँथे, अहिले ति कुराहरु त्यति मैले देखेको पाएको छैन । अब हाम्रो यो बालमैत्री घोषणा पछि बालबालिकाहरुबाट नै हामी भोलि यही सामाजिक कार्यहरुको लागि अग्रसर भएर आउनु हुनेछ । उहाँहरुले अहिले निर्धक्क सँग आफ्ना मनमा लागेका कुराहरु भन्न सक्नुभएको छ । आफ्ना अधिकारको कुराहरु भन्न सक्नुहुनेछ । त्यसकारणले यी भाइबहिनीहरु नै देशका कर्णधार हुन् ।
(गल्छी गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीले गल्छी गाउँपालिकाको वडा नम्बर ८ लाई बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा कार्यक्रममा गर्नुभएको सम्बोधनको सम्पादित अँश)