आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विशेष महाधिवेशन : गगन थापा सभापति चयन

विशेष महाधिवेशन : गगन थापा सभापति चयन

नागरिक पाटी

३०, पौष २०८२
  • 3.5K
    SHARES
  • विशेष महाधिवेशन : गगन थापा सभापति चयन

    नेपाली कांग्रेसको गगन थापा-विश्वप्रकाश शर्मा समूहको अगुवाइमा भएको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गरेको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टीको विधान अनुसार बोलाएको महाधिवेशनले थापालाई सभापति चयन गरेको हो ।

    images

    चार दिनसम्म चलेको महाधिवेशनले थापालाई सभापति चयन गर्नु अगावै बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री समेत रहेका गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको थियो । तर यो कारबाहीलाई विशेष महाधिवेशनको हलले खारेज गरेको छ ।

    जेनजी आन्दोलनपछि नेतृत्त्व रुपान्तरणको एजेण्डा बोकेर गगन-विश्व लगायतका नेताहरूले देउवासँग महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका थिए । तर चुनाव अघि महाधिवेशन गर्न असम्भव हुने भन्दै देउवा समूह तयार नभएपछि कांग्रेस विभाजित हुने अवस्थामा पुग्यो । विभाजनको एउटा विन्दुमा पुगेर थापा सभापति भए । देउवा समूहसँगको विद्रोहबाट आएका भएकाले विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति चयन गरेको हो ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ३०, २०८२ बुधवार - २३:२२:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology