आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सवारी दुर्घटनामा आमा–छोराको मृत्यु

सवारी दुर्घटनामा आमा–छोराको मृत्यु

नागरिक पाटी

१, माघ २०८२
  • 6.8K
    SHARES
  • सवारी दुर्घटनामा आमा–छोराको मृत्यु

    पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–३ नयाँ बस्ती खण्डमा सवारी दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । बिहीबार बिहान बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एक–आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा गम्भीर घाइते भद्रपुर नगरपालिकाका डेढ वर्षीय बालक आरुति राजवंशीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको छ । उनकी आमा ४० वर्षीया सुस्मा राजवंशीको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पिकअपमा सवार अन्य ११ जना घाइते भएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १, २०८२ बिहिवार - १४:३०:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology