फागुन २१ गते हुने प्रतिनिधीसभाको निर्वाचनको लागि धादिङको धुनिवेशीका मात्र ७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । राजनितीक दल मार्फत ३ जना र स्वतन्त्र मार्फत ४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
राजनितीक दलतर्फ नेकपा (माओवादी)का कुमार बहादुर तामाङ, प्रगतिशिल लोकतान्त्रीक पार्टीका राजन प्रसाद रेग्मी, मँगोल नेशनल अर्गनाईजेशनका सुमन तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै स्वतन्त्र तर्फ ईश्वर भारती, तपन उप्रेती, निरन्जन सञ्जेल र राजेश भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । यद्यपी हाल काठमाण्डौँ स्थायी ठेगाना रहेको तर धुनिवेशी ९ पुख्यौली थलो भएका श्यामराजा पाण्डले पनि उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
धादिङ १ मा निर्वाचनका लागि विभिन्न पालिकाबाट २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने धादिङ २ मा पनि २४ जनाले नै उम्मेदवारी दर्ता गराएका छन् ।