आजदेखि देशका पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज रातिदेखि भोलि बेलुकासम्म विशेषगरि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वर्षासँगै उच्च हिमाली भू–भागहरुमा मध्यम हितपात हुने सम्भावना पनि रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । वरिष्ठ मौसमविद् वरुण पौडेलले आउँदो माघ १३ गते मङ्गलवार रातिदेखि फेरि सामान्य वर्षाको सम्भावना रहेको छ ।
यसअघि गएको हप्ता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरुमा सामान्य वर्षा र उच्च हिमाली भू–भागहरुमा मध्यम खालको हिमपात भएको थियो । अहिले देशभर मौसम मुख्यतया सफा रहेपनि तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।