आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हिमपात र वर्षा

हिमपात र वर्षा

नागरिक पाटी

१०, माघ २०८२
  • 2.8K
    SHARES
  • हिमपात र वर्षा

    देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादली रहनेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

    images

    देशका उच्च पहाडी तथा हिमाली भूभागमा थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको बाँकी भूभागका एकदुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ ।

    विभागले राति देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने बताएको छ ।

    कोसी, गण्डकी र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १०, २०८२ शनिवार - ०८:०५:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology