धादिङको गल्छी गाउँपालिका–८ रानिमालामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित विशेष सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । गल्छी तामाङ समाज तथा निङ्गमा सेडुब दार्जिलिङ असारे गुम्बाको आयोजनामा उक्त कार्यक्रम यही माघ २४ गते शनिबारका दिन सञ्चालन हुनेछ ।
कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, परम्परा तथा सांस्कृतिक झल्किने विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ ।