आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी

कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी

नागरिक पाटी

२९, माघ २०८२
  • 1.4K
    SHARES
  • कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी

    कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी भएको छ । जिल्लाको हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी भएको हो । बस जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    images

    बसमा सवार ४४ जना यात्रु भने सकुशल छन् । गुडिरहेको बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो । यसपछि बस सडक छेउमा रोकिएर पछि यात्रु ओर्लिएका थिए ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले स्थानीय, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको बताए ।

    उनले घटनामा कुनै मानवीय क्षति नभएको बताए । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०८२ बिहिवार - १२:२६:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology